थापाको संयोजकत्वमा साउदी अरबमा निर्वाचन प्रचार समिति

काठमाडौं, २९ कात्तिक । नेपाली काँग्रेसको प्रबासी संगठन नेपाली जनसम्पर्क समिति साउदी अरबले निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ समितिले आगामी मंसिर १० र २१ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रचार समिति निर्माण गरेको हो नेपाली जनसम्पर्क समिति साउदीका वरिष्ठ उपसभापति तुसंगबहादुर (अर्जुन) थापाको संयोजकत्वमा गठन गरिएको ७ सदस्यीय समितिमा पुरुषोत्तम खनाल, सुरेशराज त्रिपाठी, सिता पन्थ पाण्डे, अरुण बेल्बासे, अजय कुमार त्रिपाठी र सुजन शेर राई सदस्य रहेका छन् । नेपाली जनसम्पर्क समिति साउदीका महामन्त्री सुरेशराज त्रिपाठीले केन्द्रीय निर्वाचन परिचालन समितिको निर्देशनमा सो समिति निर्माण गरिएको जनाएका छन् समितिका सदस्यहरुमध्ये केहीले प्रत्यक्ष नेपाल आएर र अन्यले सामाजिक सञ्जालमार्फत नेपाली काँग्रेसको पक्षमा निर्वाचन प्रचार गर्ने संयोजक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?