भारतको एक्सिस बैंक र नेपालको लक्ष्मी बैंकबीच सम्झौता

काठमाडौं, २९ कात्तिक । नेपालको लक्ष्मी बैंक र भारतको एक्सिस बैंकबीच सम्झौता भएको छ भारतबाट नेपालमा पैसा पठाउन तथा भारत लगायत अन्य मुलुकमा भ्रमण गर्ने सिलसिलामा आवश्यक पर्ने प्रिपेड कार्ड प्रवर्धन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ त्यस्तै, सम्झौता अन्तर्गत बैंकले चार हजार पाँच सयभन्दा बढी शाखा मार्फत पठाइएको रकम नेपाल स्थित लक्ष्मी बैंकको जुनसुकै शाखाबाट नगद भुक्तानी लिन पाउने तथा खातामा सोझै रकमान्तरको माध्यमबाट रेमिट्यान्स प्राप्त गर्न सक्ने गरी दुई बैंकबीच सम्झौता भएको छ सो सम्झौता पश्चात् भारतमा रहेका नेपालीहरुले आफनो संचित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन् त्यसैगरी, लक्ष्मी बैंक लि.बाट सर्वसाधारणहरुले बैंकको जुनसुकै शाखाबाट प्रिपेड कार्ड मार्फत आफुले चाहेको १६ प्रकारका विदेशी मुद्रामा सटही गर्न सक्ने व्यवस्था गरिएको छ सो सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र भारतको एक्सिस बैंकका तर्फबाट अशोक गौतम, एज्क्यिूटिभ भि.पी वित्तिय संस्था समूह र निरज सिन्हा, सिनियर भि.पी. अन्तर्राष्ट्रिय रिटेलले काठमाडौंमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?