वैदेशिक रोजगार विभागका महानिर्देशक अख्तियारद्वारा पक्राउ

काठमाडौं, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ उनी १० लाख घुस लिएको काण्डमा मुछिएपछि पक्राउ परेका हुन् । अख्तियारको टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई मंगलबार बेलुका पक्राउ गरेको थियो मंगलबारराति ८ बजे नयाँ वानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पक्राउ परेका हुन् । उनीहरुले घुस काण्डमा पाण्डे प्रमुख दोषी रहेको बयान दिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् उनले वैदेशिक रोजगार न्यायधिकरणमा विचाराधिन मुद्दा मिलाइदिने भन्दै सो रकम घुस लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?