सिजिको नयाँ फोन एस्ट्रो टी १८ बजारमा

काठमाडौं, २९ कात्तिक । सिजिको नयाँ फोन एस्ट्रो टी १८ लन्च गरिएको छ । सिजी कम्पनीले फिचर फोन विधामा नयाँँ मोडल बजारमा ल्याएको जनाएको छ । यसमा १.८ इन्च स्कृन ,डिजिटल क्यामेरा ,एफएम,टर्च लाइट,जिपिआरुएस,एमपी थ्री,एमपी फोरको सुविधा रहेको सिजिले उल्लेख गरेको छ नयाँ मोडलको मोबाइलमा १ हजार एमएएच पावरको ब्याट्री र ८ जिबीसम्मको मेमोरी कार्ड मोबाइलले सपोर्ट गर्दछ । एस्ट्रो टी १८ मा छेउमा टर्च बाल्न निभाउन छुट्टै बटन रहेको छ । अहिले बजारमा यसको मुल्य १ हजार ९९ रुपैयाँ तोकिएको छ । यस्तै मोबाइलमा सय दिनको सटही सुविधा समेत राखिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?