विक्रम पाण्डेले किन सम्झिए खिलराज ?

चितवन, २९ कात्तिक । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले निर्वाचन आचारसंहिता अक्षरस पालना गर्न सबै लाग्नुपर्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एंव आचारसंहिता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा उनले भने, “उम्मेद्वारका हरेक गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका हुन्छन्, आचारसंहिता सबैले पालना गर्नुपर्छ ।” उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेद्वारलाई जनताले अविश्वास गर्ने भएकाले पनि प्रतिवद्ध भएर आचारसंहिता कार्यान्वयन गर्नुको विकल्प नभएको बताए उनले चितवनलाई निर्वाचन आचारसंहिता पालना भएको नमुना जिल्लाका रुपमा चिनाउन सबैतह लाग्नुपर्ने बताए उनले ‘खिलराज रेग्मी’ पालामा भएको निर्वाचन जस्तो निष्पक्ष र धाँधलिरहति चुनाव गराउन निर्वाचन अधिकृतहरुलाई सुझाव दिए । निर्वाचनलाई सफल पार्न उम्मेद्वारनै बढी जिम्मेवारी भएर प्रस्तुत हुन अनुरोध गरे । पाण्डे चितवन ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?