अनुष्काको जन्मदिनमा प्रभाषले दिए बि.एम.डब्ल्यु कार

बहुचर्चित फिल्म बाहुबलीका नायक प्रभाषले नायिका अनुष्का शेट्टीको जन्म दिनको अवसरमा एक महंगो कार उपहार दिएका छन् पछिल्लो समयमा यि दुई बिच प्रेम रहेको बताईए पनि उनीहरुले आफुहरु मिल्ने साथी मात्र रहेको बताउँदै आएका छन् । तसर्थ, उनीहरु बिच बढ्दो निकटताका कारण सजिलै अनुमान लगाउन सकिन्छ कि यी दुई बिच केही छ । नायक प्रभाष र नायिका अनुष्काले धेरै चलचित्रमा एकसाथ काम गरेका छन् र साथै एक अर्कालाई सहयोग गर्ने देखी लिएर सल्लहसुझाव दिने समेत गर्छन् त्यस्तै, यति बेला प्रभाषले अनुष्कालाई उनको जन्मदिन दिनको अवसरमा दिएको उपहारको कुराले भारतीय सञ्चारमाध्यमहरुमा राम्रो स्थान पाएको छ । आफ्नो ३६ औँ जन्मदिन मनाएकी अनुष्कालाई प्रभाषले उपहार स्वरूप बि एम डब्ल्यु कार दिएका थिए । प्रभाषले महंगो उपहार दिएको कारण यति बेला यी दुई बीचको सम्बन्धबारे चर्चा सुरु हुन थालेको छ । यता अनुष्काले भने प्रभाषको जन्मदिनमा घडी उपहार दिएकी थिइन् हालै बलिउडका चर्चित निर्माता, निर्देशक करण जोहरले अनुष्कालाई एक चलचित्रको लागी प्रस्ताव गरेका छन् । स्रोतले दिएको जानकारी अनुसार प्रभाषले उक्त चलचित्र नगर्ने भएपछि अनुष्काले पनि चलचित्र अस्वीकार गरेकी थिइन त्यस्तै, प्रभाषको लागि पनि करणले उक्त चलचित्रको प्रस्ताव गरेका थिए । करणसँग प्रभाषले चर्को पारिश्रमिक मागेपछि करण पछि हटेका थिए हाल प्रभाष चलचित्र ‘साहो’को छायांकनमा व्यस्त छन्, भने अनुष्का ‘भागमती’मा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?