२०७८,श्रावण,१०,आईतवार

शिक्षा ऐन संशोधनविरुद्ध आन्दोलनरत विद्यार्थीको मागप्रति विद्यार्थी संगठनको ऐक्यबद्धता

२०७४,कार्तिक,२९,बुधबार ०७:२२


काठमाडौं, २९ कात्तिक । प्रमुख तीन वटा पार्टी निकट विद्यार्थी संगठनले शिक्षा ऐनको नवौं संशोधनविरुद्ध आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता जनाएका छन् नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धता जनाउँदै उनीहरुको माग वार्ताका माध्यमबाट यथाशिघ्र सम्बोधन गर्न माग गरेका हुन् यसैगरी विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा अध्ययन संस्थानले यसै शैक्षिक सत्रमा लिएको प्रवेश परीक्षामा उत्पन्न भएको गम्भीर त्रुटीलाई सच्याउँदै तत्काल पुनः परीक्षाको मिति तोक्न समेत माग गरेका छन् सो त्रुटीबारे छानविन गरी संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न र परीक्षाको मर्यादा र पारदर्शिता कायम राख्न पनि माग गरेका छन् । विद्यार्थी संगठनहरुले शिक्षा ऐनको नवौं संशोधनविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०७:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । धादिङमा २० वर्षीया एक युवती मृत फेला परेकी छन् । गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोका

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट बैंकिङ कसुर मुद्दामा फरार एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ–४ हात्तिगौडाकी

काठमाडौं । अनलाइन फुड डेलिभरी फुडमाण्डू र नेपालको अग्रणी मोबाइल वालेट ‘इसेवा’बिच सहकार्य भएको छ । एक कार्यक्रमकाबीच फुडमाण्डू र

काठमाडौँ । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको सुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो ।

ताजा समाचार

धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१