माछापुच्छ्रे बैंकले दाङका विपन्न परिवारका महिला उद्यमीलाई बिनाधितो ऋण प्रदान गर्ने

काठमाडौं, २९ कात्तिक । दाङ जिल्लाका महिला उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । हेफर इन्टरनेसनलको सहकार्यमा लमही दाङका चारवटा सहकारी संस्थामार्फत बैंकले बिनाधितो कर्जा प्रदान गर्ने छ आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार हुने बैंकको विश्वास गरेको छ बैंकले नेपाल भर आफ्ना ६२ शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा शाखा रहित समेत गरी जम्मा ७३ स्थानबाट आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?