कांग्रेसको बहुमत, १० वर्षमा देशको मुहार फेरिने !

काठमाडौं, २९ कात्तिक – नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली जनताले शान्ती र समृद्धि चाहेकाले कांग्रेसलाई बहुमत प्रदान गर्ने दाबी गरेका छन् । अर्थमन्त्रीसमेत रहेका कार्कीले कांग्रेसको नेतृत्वमा अबको १० वर्षमा नेपालले मुहार फेर्ने दाबी गरे कांग्रेस पहिलो ठूलो दल बन्ने दाबी गर्दै सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका कार्कीले कांग्रेसले सरकार गठन गरेर आर्थिक समृद्धिको एजेण्डा लागु गर्ने बताए । विगतमा संगठित हिंसा र द्धन्द्धको समयमा कांग्रेसले सरकार चलाउनु परेको स्मरण गराउँदै कार्कीले देशलाई शान्तीको बाटोमा लैजाने र संविधान निर्माण गराउन सक्ने पार्टी कांग्रेस नै भएको जिकिर गर्दै अब संविधान कार्यान्वयन र विकासका लागि जनताले कांग्रेसलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे नारा र दस्तावेजको पछि लाग्दैमा देश विकास नहुने भन्दै कार्कीले वाम गठबन्धनको कटाक्ष गरेका छन् । नेपालमा कम्युनिष्ट शासन आउने सम्भावना नरहेको जिकिर गर्दै उनले वाम गठबन्धनले साम्यवाद ल्याउने प्रयास भने गरेको आरोप लगाए रिपोटर्स क्लबको कार्यक्रममा कार्कीले केही उम्मेदवारमाथि भएको आक्रमणको निन्दा गर्दै उम्मेदवार र मतदातालाई सुरक्षा दिन सरकार तयार रहेको बताए । बुढगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता रद्द गर्ने विषयमा सरकारभित्र कुनै विमति नरहेको कार्कीले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?