२५ फुट लामो सुरुङ खनेर बैंक लुटपाटको घटना सार्वजनिक

मुम्बई, २९ कात्तिक । मुम्बईमा २५ फिट लामो सुरुङ खनेर बैंक चोरी भएको छ । चोरहरुले सो बैंक चोरीका लागि चार महिना लगाएर सुरुङ खनेका थिए । प्रहरीले बैंकबाट नगद र सुनचाँदी चोरी भएको जनाएको छ । यद्यपि कति नगद र सुनचाँदी चोरी भयो भन्नेबारेमा भने अनुसन्धान भइरहेको छ ।

चोरी भएको बैंकको शाखा
प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौंदा नजिकै एउटा स्थान भाडामा लिएर सुरुङ खन्न थालेका थिए । अनुसन्धानकर्ताले भाडामा लिएको सो स्थानमा देखाउनका लागि किराना पसल सञ्चालन गरेका थिए । जसबाट उनीहरुले आफ्नो धन्दालाई पर्दापछि राख्न सफल भए । शनिबारराति चोरी गरेपछि उनीहरु फरार भएका छन् । यद्यपि उनीहरुले महिनौं लगाएर यति लामो सुरुङ कसरी खन्न सके र यसबारेमा कसैलाई शंका समेत भएन भन्नेबारेमा स्पष्ट भइसकेको छैन । बैंकका कर्मचारीले सोमबार बिहान बैंकको सो शाखा कार्यलय खोल्दा मात्रै चोरी भएको पत्ता लागेपछि प्रहरीलाई जानकारी गराएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?