२५ फुट लामो सुरुङ खनेर बैंक लुटपाटको घटना सार्वजनिक

मुम्बई, २९ कात्तिक । मुम्बईमा २५ फिट लामो सुरुङ खनेर बैंक चोरी भएको छ । चोरहरुले सो बैंक चोरीका लागि चार महिना लगाएर सुरुङ खनेका थिए प्रहरीले बैंकबाट नगद र सुनचाँदी चोरी भएको जनाएको छ । यद्यपि कति नगद र सुनचाँदी चोरी भयो भन्नेबारेमा भने अनुसन्धान भइरहेको छ प्रहरीका अनुसार चोरहरुले बैंक अफ बडौंदा नजिकै एउटा स्थान भाडामा लिएर सुरुङ खन्न थालेका थिए । अनुसन्धानकर्ताले भाडामा लिएको सो स्थानमा देखाउनका लागि किराना पसल सञ्चालन गरेका थिए ।जसबाट उनीहरुले आफ्नो धन्दालाई पर्दापछि राख्न सफल भए । शनिबारराति चोरी गरेपछि उनीहरु फरार भएका छन् यद्यपि उनीहरुले महिनौं लगाएर यति लामो सुरुङ कसरी खन्न सके र यसबारेमा कसैलाई शंका समेत भएन भन्नेबारेमा स्पष्ट भइसकेको छैन बैंकका कर्मचारीले सोमबार बिहान बैंकको सो शाखा कार्यलय खोल्दा मात्रै चोरी भएको पत्ता लागेपछि प्रहरीलाई जानकारी गराएका थिए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?