पद्मावतीः करणी सेनाको विरोध जारी, कार्यकर्ताहरुले कोटा थियेटरमा मच्याए हंगामा

एजेन्सी । करणी सेनाका करिब ५० कार्यकर्ताहरुले कोटाको एक सिनेमा हलमा संजय लीला भंसालीले निर्माण गरेको फिल्म ‘पद्यावती’को ट्रेलर स्क्रीनिंगको विरुद्ध विरोध प्रर्दशन गरेका छन् कोटाः श्री राजपूत करणी सेनाको करीब ५० कार्यकर्ताहरुले कोटाको एक सिनेमा हलमा संजय लीला भंसालीको फिल्म ‘पद्मावती’को ट्रेलर स्क्रीनिंगको विरोध गर्दै हंगामा मच्चाएका थिए कार्यकर्ताहरुको आरोप छ कि फिल्म ऐतिहासिक तथ्यहरुको तोड़–मरोड़ गर्दै प्रस्तुत गरीएको छ । गुमानपुरा पुलिस स्टेशनको सर्कल प्रभारी आनंद यादवले भने, करणी सेनाका सदस्यहरुले बुकिंग काउंटर, खिड़कियों, दरवाजों र थियेटरको फर्नीचरलाई निशाना बनाउँदै तोड़–फोड़ गरेका छन् पुलिसका एक अधिकारीले बताए की, पुलिसले सामान्य बल प्रयोग गरे जसको कारण त्यहाँबाट कार्यकर्ताहरुलाई हटाइएको थियो र यसै सिलसिलमा आठ जनालाई हिरासतमा लिइएको छ । साथै ३०–४० जनाको विरुद्ध कारबाहीको आदेश जारी गरिएको छ प्रहरीका एक अधिकारीले भने कि, प्रहरीले साधारण बल प्रयोग गरीयो जसको कारण कार्यकर्ता त्यहा हिंसा गरेको कारण आठ जनालाई पक्राउ गरिएको छ सर्कल प्रभारी आनंद यादवले भने, त्यो सिनेमा हालका प्रबंधकको तर्फबाट औपचारीक उजुरी दर्ता गर्ने योजनामा छन् । रानी पद्मावतीको जीवनमा आधारित फिल्म ‘पद्मावती’को टीजर थियेटरमा स्क्रीनिंगलाई लिएर कार्यकर्ता आक्रोशित भएका थिए । अधिकारीको विरोध पछि ट्रेलर स्क्रीनिंग रोकिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?