पद्मावतीः करणी सेनाको विरोध जारी, कार्यकर्ताहरुले कोटा थियेटरमा मच्याए हंगामा

एजेन्सी । करणी सेनाका करिब ५० कार्यकर्ताहरुले कोटाको एक सिनेमा हलमा संजय लीला भंसालीले निर्माण गरेको फिल्म ‘पद्यावती’को ट्रेलर स्क्रीनिंगको विरुद्ध विरोध प्रर्दशन गरेका छन् । कोटाः श्री राजपूत करणी सेनाको करीब ५० कार्यकर्ताहरुले कोटाको एक सिनेमा हलमा संजय लीला भंसालीको फिल्म ‘पद्मावती’को ट्रेलर स्क्रीनिंगको विरोध गर्दै हंगामा मच्चाएका थिए । कार्यकर्ताहरुको आरोप छ कि फिल्म ऐतिहासिक तथ्यहरुको तोड़–मरोड़ गर्दै प्रस्तुत गरीएको छ । गुमानपुरा पुलिस स्टेशनको सर्कल प्रभारी आनंद यादवले भने, करणी सेनाका सदस्यहरुले बुकिंग काउंटर, खिड़कियों, दरवाजों र थियेटरको फर्नीचरलाई निशाना बनाउँदै तोड़–फोड़ गरेका छन् । पुलिसका एक अधिकारीले बताए की, पुलिसले सामान्य बल प्रयोग गरे जसको कारण त्यहाँबाट कार्यकर्ताहरुलाई हटाइएको थियो र यसै सिलसिलमा आठ जनालाई हिरासतमा लिइएको छ । साथै ३०–४० जनाको विरुद्ध कारबाहीको आदेश जारी गरिएको छ । प्रहरीका एक अधिकारीले भने कि, प्रहरीले साधारण बल प्रयोग गरीयो जसको कारण कार्यकर्ता त्यहा हिंसा गरेको कारण आठ जनालाई पक्राउ गरिएको छ । सर्कल प्रभारी आनंद यादवले भने, त्यो सिनेमा हालका प्रबंधकको तर्फबाट औपचारीक उजुरी दर्ता गर्ने योजनामा छन् । रानी पद्मावतीको जीवनमा आधारित फिल्म ‘पद्मावती’को टीजर थियेटरमा स्क्रीनिंगलाई लिएर कार्यकर्ता आक्रोशित भएका थिए । अधिकारीको विरोध पछि ट्रेलर स्क्रीनिंग रोकिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?