जिम्बावेमा देशको राष्ट्रिय प्रसारक जेडबीसीको मुख्यालय सैनिकहरुको नियन्त्रणमा

एजेन्सी । देशको राष्ट्रिय प्रसारक जेडबीसीको मुख्यालय जिम्बावेमा सैनिकहरुले नियन्त्रणमा लिएका समाचार आएको छन् । राजधानी हरारेमा थप बख्तरबन्द गाडीहरु समेत देखिएका छन् यसअघि दक्षिण अफ्रिकाका लागि जिम्बावेका राजदूतले सैनिक ’कू’ अर्थात् सत्तापलटको सम्भावना नरहेको बताएका थिए तर, त्यहाँको सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको थियो जिम्बावेको सेनाले देशको राजनीतिक कलह सुल्झाउन हस्तक्षेपको तयारी गरिरहेको बताएपछि त्यहाँको सत्तारुढ दलले देशका सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको छ जानु पिएफ दलले जारी गरेको विज्ञप्तिले सेना प्रमुख कन्सट्यान्टिनो चिवेङ्गाको अभिव्यक्ति ‘आश्चर्यजनक, आक्रोशपूर्ण र देशद्रोहको भावनाले प्रेरित’ भएको टिप्पणी गरेको छ जिम्बावेका ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् हरारेको बाहिरी क्षेत्रमा बख्तरबन्द सैनिक सवारीसाधन देखिए पनि दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूतले सत्तापलटको सम्भावना अस्वीकार गरेका थिए सोमबार सेना प्रमुख चिवेङ्गाले लामो समय युद्धमा सहभागी भएका पाका व्यक्तिहरुविरुद्ध निशाना साँध्ने काम बन्द हुनुपर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?