व्यापारीको कब्जामा तरकारीको भाउ

काठमाडौँ, २९ कात्तिक- किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ । औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र धार्केमा धुनीबेसी नगरपालिका– ५, पुरानो धार्केका कृषक रामभक्त भुजेलले स्थानिय काउली ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे । उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायीले आधा घण्टापछि उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा बिक्री गरे धार्केस्थित तरकारी संकलन केन्द्रका व्यवसायीले काठमाडौंको कालिमाटी तरकारी बजारमा दिनहुँ तरकारी पठाउँछन् । संकलन केन्द्रका व्यापारीले काठमाडौं पठाउने तरकारीको भाउ थाहा पाउँदैनन् । ‘हामीले तरकारी पठाउने हो, भाउ कालिमाटीकै व्यापारीले तोकेर हामीले पाउने भाग पठाइन्छन्’ त्यहाँका एक व्यवसायी भन्छन् । किसानले ५० रुपैयाँ प्रतिकिलोमा बेचेको काउली कालिमाथीको थोक बजारमा मंगलबार बिहान ५ बजे ९० रुपैयाँ प्रतिकिलोमा काठमाडौंका साना बजार, पसल र ठेलागाढामा राखेर बिक्री गर्ने व्यवसायीले खरिद गरेका थिए थोकमा ९० रुपैयाँ पुगेको काउली कालिमाटीकै खुद्रा बजारमा बिहान ७ बजेबाट प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री भएको थियो , नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?