२०७८,श्रावण,१९,मंगलवार

शरदकुमार गौचन हत्याबारे यस्तो रहस्य खुल्यो

२०७४,कार्तिक,२९,बुधबार ०१:२४


काठमाडौं, २९ कात्तिक- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक महिना पछि मंगलबार पत्रकार सम्मेलन मार्फत् गौचन हत्या फिरौतीकै लागि भएको जानकारी दिएको छशान्तिनगरस्थित ओमशान्ति चोकबाट नयाँ बानेश्वर जानेक्रममा गत असोज २३ गते अज्ञात समूहबाट गोली हानी गौचनको हत्या गरिएको थियो। प्रहरीले हत्याको मुख्य योजनाकार बाफलका समिरमान सिंह बस्नेत रहेको जनाएको छ। सिंहलाई रुपन्देहीका मनोज पुनले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छप्रहरीले हत्यामा संलग्न सुटरसहित पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ भने मुख्य योजनाकार सहित आठ जना फरार छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दका अनुसार पक्राउ पर्नेमा नुवाकोटका राजीव स्याङ्तान, पर्सा कालिकामाइका शिवजी महतो, भारत विहारका मुकेश कुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ, सीतापाईलाका प्रकाश बुढाथोकी छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२९,बुधबार ०१:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००