बामगठबन्धनलाई झड्का, कांग्रेसमा प्रवेश गर्नेको लहर

नवलपुर २८ कात्तिक- नवलपरासी-नवलपुरमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता बिष्णु कार्की चुनावी अभियानमा व्यापक जुटेका छन । कार्कीले जिल्लामा चुनावी अभियान सञ्चालन गरेसंगै स्थानीय माओवादी तथा एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ चुनावी अभियान अन्तर्गत नेपाली काङ्ग्रेस जिल्ला मध्यबिन्दु नगरपालिकामा १३ पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ |सो कार्यक्रमबाट बामगठबन्धन परित्याग गरि ४० जनाल नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।कार्यक्रममा प्रदेश सभा उमेदवार गणेश मान श्रेष्ठ , नगरपालिका प्रमुख चन्द्र बहादुर राना , जगत कार्की ,दोमन भण्डारी ,उदय राज अर्याल लगायतका नेपाली काङ्ग्रेसको नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो जिल्लाको प्रदेश नं अन्तर्गत ४ बर्दघाट सुस्तापूर्व नवलपुर क्षेत्र न २ को प्रतिनिधि सभाका उम्मेदवारका रुपमा विष्णु कार्की चुनावी अभियान सञ्चालन गरिरहेका छन । कार्की एउटा कुशल राजनीतिज्ञ बुद्धिजीवी समाजसेवी युवा नेता भएका कारण युवाहरु कार्कीको समर्थनमा देखिएका छन पार्टीभित्रका युवाहरुको साथ सहयोग रहनुका साथै बामगठबन्धनका युवाहरुले समेत कार्कीलाई रुचाएको बताइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?