२०७८,श्रावण,८,शुक्रवार

नेपाली कांग्रेसमा प्रवेश गर्नेको जनलहर

२०७४,कार्तिक,२८,मंगलवार १७:५१


नवलपुर २८ कात्तिक- नवलपरासी-नवलपुरमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता बिष्णु कार्की चुनावी अभियानमा व्यापक जुटेका छन । कार्कीले जिल्लामा चुनावी अभियान सञ्चालन गरेसंगै स्थानीय माओवादी तथा एमालेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नेको जनलहर चलेको छ चुनावी अभियान अन्तर्गत नेपाली काङ्ग्रेस जिल्ला मध्यबिन्दु नगरपालिकामा १३ पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ |सो कार्यक्रमबाट बामगठबन्धन परित्याग गरि ४० जनाल नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन ।कार्यक्रममा प्रदेश सभा उमेदवार गणेश मान श्रेष्ठ , नगरपालिका प्रमुख चन्द्र बहादुर राना , जगत कार्की ,दोमन भण्डारी ,उदय राज अर्याल लगायतका नेपाली काङ्ग्रेसको नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो जिल्लाको प्रदेश नं अन्तर्गत ४ बर्दघाट सुस्तापूर्व नवलपुर क्षेत्र न २ को प्रतिनिधि सभाका उम्मेदवारका रुपमा विष्णु कार्की चुनावी अभियान सञ्चालन गरिरहेका छन । कार्की एउटा कुशल राजनीतिज्ञ बुद्धिजीवी समाजसेवी युवा नेता भएका कारण युवाहरु कार्कीको समर्थनमा देखिएका छन पार्टीभित्रका युवाहरुको साथ सहयोग रहनुका साथै बामगठबन्धनका युवाहरुले समेत कार्कीलाई रुचाएको बताइको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार १७:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। निर्धारित मिति भन्दा एक वर्ष पछि टोकियो ओलम्पिक २०२० को आज औपचारिक उद्घाटन भएको छ। करिब १.५ बिलियन अमेरिकी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट आयोजना हुँदै छ । १४ क्लब मध्येका चार ए डिभिजन लिग

काठमाडौं। खेलकुदको महाकुम्भ ओलम्पिकको ३२औं ओलम्पियाड तथा टोकियो ओलम्पिक २०२० औपचारिक रुपमा आजदेखि सुरु हुँदै छ। ‘युनाइटेड बाई इमोसन’ नाराका

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६