२०७८,श्रावण,१८,सोमवार

नेपाल र फिलिपिन्सको खेलपछि गुरुङले गरे सन्यासको घोषणा

२०७४,कार्तिक,२८,मंगलवार १७:०६


काठमाडौँ, २८ कात्तिक – एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । खेल बराबरी भएपनि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ यसअघि, चार खेल खेलेको नेपाल तीन खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । समूह एफमा रहेको फिलिपिन्सको आजको खेलपछि नौ अंकका साथ शीर्ष स्थानमा रहन पुग्यो भने चार खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ  फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिएका छन् खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका उनलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गरे आफ्नो खेल यात्राभर उनले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गरेका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उनले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार १७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’मा काठमाडौं किङ्स-११

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी माग्दै फेसबुकमा नयाँ स्ट्याटस लेखेका छन्। गत महिना उनले दिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तान र घरेलु टोलीबीचको तेस्रो टी-ट्वेन्टी खेल वर्षाका कारण रद्द भएको छ। गुयानास्थित प्रोभिडेन्स स्टेडियममा

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९