२०७८,श्रावण,१९,मंगलवार

नेपाल र फिलिपिन्सको खेलपछि गुरुङले गरे सन्यासको घोषणा

२०७४,कार्तिक,२८,मंगलवार १७:०६


काठमाडौँ, २८ कात्तिक – एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । खेल बराबरी भएपनि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ यसअघि, चार खेल खेलेको नेपाल तीन खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । समूह एफमा रहेको फिलिपिन्सको आजको खेलपछि नौ अंकका साथ शीर्ष स्थानमा रहन पुग्यो भने चार खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ  फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिएका छन् खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गरेका उनलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गरे आफ्नो खेल यात्राभर उनले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गरेका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उनले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार १७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा

काठमाडौं । अगस्ट ३, २०२१, नेपाली क्रिकेट तथा यसका समर्थकका लागि भावुक दिन बन्न पुगेको छ । करिब १७ वर्षसम्म

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले मंगलवार सामाजिक सञ्जालमार्फत्

काठमाडौं। पछिल्लो समय निकै विवादित बनेको अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादको छानबिन अब राष्ट्रिय

ताजा समाचार

डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज
 २०७८,श्रावण,१९,मंगलवार १६:२०
पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष
 २०७८,श्रावण,१९,मंगलवार १६:००
संक्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए
 २०७८,श्रावण,१९,मंगलवार १५:५५