नेपालले भारतलाई देखाइदियो, पहिलो पटक सेमिफाइनलमा

 काठमाडौँ, २८ कात्तिक p नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ आज भएको दोस्रो खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । समूह विजेता बनेको बंगलादेशको ६ अंक र उपविजेता बनेको नेपालको ४ अंक रह्यो यो समूहमा रहेका भारत २ अंकसहित तेस्रो स्थान र मलेसिया अंकविहीन अन्तिम स्थानमा रह्यो प्रतियोगिताको अघिल्लो संस्करणको विजेता भारत आज बंगलादेशसँगको हारसँगै समूह चरणबाटै बाहिरिएको छ नेपाली टोली इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन समूहको अन्तिम खेलमा नेपालले आज बिहान मलेसियालाई ८ विकेटले पराजित गरेको थियो क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सीमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई÷दुई तथा अनिल शाहले एक विकेट लिए मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए त्यसैगरी, नेपालले आइतबार भारतलाई १९ रनले पराजित गरेको थियो नेपालले सेमिफाइलनलको दोस्रो खेल आगामी शुक्रबार ग्रुप बी का विजेता अफगानिस्तानसँग खेल्नेछ । पहिलोमा बंगलादेश र पाकिस्तान बिहीबार खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?