७१ प्रतिशत गर्भपतनलाई परिवार नियोजनका रुपमा प्रयोग !

 काठमाडौँ, २८ कात्तिक – नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनका रुपमा प्रयोग हुँदै आएको तथ्याङ्कले देखाएको छ नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले गएको पाँच वर्षभित्र गर्भपतन गराउनेमध्ये आधाभन्दा बढीले थप बच्चाको चाहना नभएकाले गर्भपतन गराएको तथ्याङ्क सार्वजनिक गरेको छ । गत पाँच वर्षको अवधिमा गर्भवती भएका ८१ प्रतिशतले जीवित बच्चा जन्माए पनि नौ प्रतिशतले गर्भपतन गराएका थिए । गर्भ खेर गएको भन्ने नौ प्रतिशत थिए भने एक प्रतिशतले मरेको बच्चा जन्माएको तथ्याङ्कले देखाएको छ तथ्याङ्कबारे जानकारी दिँदै डा शरद शर्माले सबैभन्दा बढी गर्भपतन गराउनेमा ३५ देखि ४९ वर्ष उमेरका २७ प्रतिशत महिला रहेको बताए । सम्पन्न परिवारका १६ प्रतिशत महिला गर्भपतन गराउनेछन् । उनले पाँचौँ वा सोभन्दा बढी गर्भ धारण गरेकामध्ये २१ प्रतिशतले गर्भपतन गराउने गरेका, पहिलो पटक गर्भधारण गरेकामध्ये दुई प्रतिशतले गर्भपतन गराउने गरेको जानकारी दिए । महत्वपूर्ण कुरा त के भने अझै पनि तीन प्रतिशत महिला गर्भमा छोरी भए गर्भपतन गर्न सकिन्छ भन्ने सोच्छन् भन्ने तथ्याङ्कले बोलेको छ केही समयपछि बच्चा जन्माउन भन्दै गर्भपतन गराउने १२ प्रतिशत र नौ प्रतिशत महिलाले ढिलो गरी बच्चा जन्माउन गर्भपतन गराएको सर्वेक्षणमा पाइएको छ । यसले के देखाउँछ भने अझै पनि नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेर परिवार व्यवस्थापन प्रणाली स्थापित भएको छैन उक्त सर्वेक्षणले आधुनिक परिवार नियोजनको साधन प्रयोग गर्ने ५३ प्रतिशत मात्र छन् । नेपालले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतनलाई परिवार नियोजनकै रुपमा लिने र अत्यधिक गर्भपतन गराउनेको सङ्ख्या बढेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ अचला वैद्यले बताइन् हरेक पाँच वर्षको अन्तरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्दै आएको छ । सन् २०१६ को तथ्याङ्क सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको सर्वेक्षण २०१६ को जूनदेखि जनवरी २०१७ सम्म गरिएको थियो । सन् १९९६ बाट शुरु गरिएको सर्वेक्षण यो पाँचौँ पटक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?