मधेस केन्द्रित शक्ति विजयी हुने दाबी

राजविराज, २८ कात्तिक – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन भारी बहुमतले जित्ने दाबी गरेका छन् सप्तरीको महदेवा–१ पकरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले फोरम नेपाल र राजपाको मधेश गठबन्धन विजयी भएलगतै प्रदेश नं २ मा मधेश सरकार घोषणा गर्ने बताए नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने सपना पूरा नहुने भन्दै अध्यक्ष यादवले आन्दोलनमा गोली बर्साएर दमन गर्ने दलहरुलाई भोट नदिएर सबक सिकाउन मधेसी जनतालाई आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?