वाम गठबन्धनका उम्मेदवार हत्याको षडयन्त्रः ओली

भक्तपुर, २८ कात्तिक – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् आज मध्यपुरथिमिको लोकन्थलीमा एमालेले आयोजना गरेको एमालेसँग नयाँ शक्ति पार्टी एकीकरण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । वाम गठबन्धनको उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको आशंका उनले व्यक्त गरे सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई रु २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त छैन भन्दै ओलीले भने , “सरकारी ढुकुटी दोहन गरेर सरकारले रु २३ करोड कार्यकर्ता र विभिन्न व्यक्तिलाई बाँडेको छ, त्यसपछि गोली र बम पड्किन थालेको छ, गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुन थालेको छ, यसको तालमेल कहाँ छ सरकार ?”सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेर सरुवा, बढुवा गरेको, राज्य कोषको दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले लोकतन्त्रमा मनपरी गर्ने छुट सरकारलाई पनि नभएको जिकिर गरे । उनले निर्वाचन अगाडि एमाले माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्न नभ्याएकाले निर्वाचनपछि दुई पार्टी एक हुने दाबी गरे कार्यक्रममा माओवादी कम्युनिष्ट केन्द्र नेपालको केन्द्रीय संयोजक केशव दाहालको नेतृत्वमा केन्द्रका सिंगो केन्द्रीय समिति पदाधिकारी सहित एमालेमा समाहित भएको छ । त्यस्तै नयाँ शक्ति पार्टी, नेकपा(माले), राप्रपा र काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका एक हजार ८७९ जनालाई ओलीले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?