साना दलको बन्यो चुनावी गठबन्धन

काठमाडौँ, २८ कात्तिक – राष्ट्रिय शिव सेना पार्टी, पुरानो शक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, शान्ति क्षेत्र परिषद् र लोकतान्त्रिक फोरमले आगामी निर्वाचनका लागि संयुक्त गठबन्धन गरेको घोषणा गरेका छन् ती पार्टीहरुले शिव सेना पार्टीको चुनाव चिह्न सिपाही लिएर निर्वाचनमा जाने र उक्त चुनाव चिह्नमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकारसम्मेलनमा शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आफूहरुले चुनावी गठबन्धन गरेको जानकारी दिँदै पाँच पार्टीको संयुक्त घोषणापत्र पनि सार्वजनिक गरे त्यस अवसरमा अध्यक्ष बमले आफूहरुको गठबन्धन हिन्दू–बौद्ध अधिराज्य स्थापनाका लागि निर्वाचनको उपयोग गर्न लागेको बताए उनले हिन्दू–बौद्ध अधिराज्य स्थापना भएन भने प्रजातान्त्रिक पद्धतिअनुरुप सशक्त आन्दोलन गर्ने बताए । पुरानो शक्ति पार्टीका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले संसारभरि छरिएर रहेका एक अर्ब बुद्धिष्टहरुलाई नेपाल घुम्नका लागि बोलाउन सकियो भने मुलुकको विकासमा ठूलो टेवा पुग्ने बताए । उनले मुलुकलाई सही मार्गमा अघि बढाउनका लागि ०४७ को संविधान पुनः स्थापना गर्नुपर्नेमा जोड दिए लोकतान्त्रिक फोरमका उपाध्यक्ष भूमि आचार्यले यस चुनावी गठबन्धनले मुलुकको विकासमा काम गर्ने र जनताको मुहार फेर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?