उम्मेदवारको सुरक्षा हामी आफैँ गर्न सक्छौं : नेता राई

 खोटाङ, २८ कात्तिक – नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य टंक राईले उम्मेदवारको सुरक्षा सरकारले दिन नसके हामी आफँैले गर्ने बताएका छन् आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले वाम गठबन्धनका उम्मेदवारमाथि भएको शृङ्खलाबद्ध आक्रमणमा सलग्न दोषिलाई कारवाही गर्न सरकार उदासीन देखिएको आरोप लगाए “उम्मेदवारलाई लक्षित गरेर दैनिकजसो बम आक्रमण भइरहेको छ”, नेता राईले भने, “अहिलेको सरकार यही बहानाबाजी बनाएर निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रमा लागेको छ कि भन्ने आशंका पनि गर्न सकिन्छ ।”उनले “वामपन्थी दलहरुप्रति जनताको ठूलो भरोसा छ”, भन्दै “यो गठबन्धन कसैका विरुद्ध लक्षित गरेर बनाइएको हैन, स्थिर र प्रगतिशील सरकार गठनका लागि बनाइएको हो, यसबाट कसैले आत्तिहाल्नुपर्ने अवस्था छैन,” भने नेता राईले देशमा स्थिर सरकार नहुँदा विकास निर्माणका गतिविधि अगाडि बढ्न नसकेको उल्लेख गर्दै निर्वाचनपछि देशमा विकासको गति लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?