मतदाता भन्छन् : मतदाता प्रतिक्रिया झन्जटिलो

लमजुङ, २८ कात्तिक -सोमबार अपराह्न फुलबारी मैदानमा चुनावी रौनक थियो । सुरक्षा व्यवस्थामा खटिएका म्यादी प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो मतदानको लागि पुरुष र महिलाको छुट्टाछुट्टै लाइन थियो । नमून मतदानका लागि मैदानमा डोरी टागेर मतदान केन्द्र बनाइएको थियो । डोरी सीमानाभित्र तीन वटा फरक–फरक तीन वटा बक्सा, तीनवटा गोप्य मत राख्ने ठाउँ बनाइएको थियो झट्ट हेर्दा लाग्थ्यो, मंसिर १० गते आज नै हो । निर्वाचनका लागि खटिएका प्रतिनिधिले पालैपालो मतदाताहरुलाई मतदान गराइरहेका थिए । सर्वसाधारण पालैपाले मतदान गर्दै बाहिर निष्किएका थिए मतदाताले पहिलेको भन्दा अहिले निर्वाचन झन्जटिलो भएको प्रतिक्रिया दिए । आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न झन्झटिलो भएको उनीहरुले प्रतिक्रिया दिएका हुन् । मतदाताले मतपत्र लिन, छाप लगाउन र बाकसमा राख्न तीन–तीन पटकसम्म ओहोरदोहोर गर्नुपर्दा झन्झटिलो भएको नमूना मतदान गर्नुभएकी बेँशीशहरकी सिर्जना श्रेष्ठले बताइन् “स्थानीय तह निर्वाचनमा पनि यस्तो झन्झट भएको थिएन”–श्रेष्ठले भनिन् , “तीन वटा मतपत्रको लागि तीन पटक ओहोरदोहोर गर्नुपर्ने रहेछ ।”स्थानीय तह निर्वाचनभन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ भने मतदान गर्न निकै सजिलो भएको मतदाता बताउछन् । तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले धेरै अल्मलिने बँेसीशहरकै सविता वाग्लेले बताइन् निर्वाचन आयोगले एउटा मतदाताले दुई मिनेटमा सबै मत हालिसक्ने समय आँकलन गरेको छ । प्रत्यक्षतर्फको मतपत्रमा थोरै चुनाव चिह्न भएकाले समय नलाग्ने तर समानुपातिकतर्फ धेरै चुनाव चिह्न भएकाले मतदातालाई बढी समय लाग्नसक्ने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सेनाको भनाइ छ बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तौरतरिका सिकाउन नमूना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?