दक्षिण एसियाली आर्थिक सम्मेलन शुरु

काठमाडौँ, २८ कात्तिक – दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन आज देखि शुरु भएको छ राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र स्वापीको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा दक्षिण एसियाली देशका २०० प्रतिनिधिको सहभातिा रहेको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एसिया क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत समग्र विकासमा सम्मेलन फलदायी हुने विश्वास व्यक्त दिए वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले २१औँ शताब्दिमा पनि दक्षिण एसियाका केही क्षेत्र गरिबीको पर्यायवाचीका रुपमा विश्व जगत्मा परिचित हुनु दुःखद् भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयासको खाचो औँल्याए सम्मेलनमा भूटानका अर्थमन्त्री ल्योन्पो लेकी दोर्जे , माल्दिभ्सका अर्थविकास राज्यमन्त्री अब्दुल लाथिप अहमद, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्ले र स्वापीका अध्यक्ष डा पोषराज पाण्डेले यस क्षेत्रका पूर्वाधार, यातायात लगायत समग्र विकासमा सम्मेलनले महत्वपुर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे बिहीबारसम्म चल्ने सम्मेलनले विज्ञहरुबाट समूहगत रुपमा छलफल गरी दक्षिण एसिया क्षेत्रको विकासका लागि ठोस योजना अघि सार्ने सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा बंगलादेशको ढाकामा सम्पन्न नवौँ सम्मेलनसम्बन्धी स्मारिकासमेत विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?