एकाएक खुकुरी नचाउँदै आएका युवाद्वारा ३ जनाको हत्या

हेटौडा, २८ कात्तिक— मकवानपुरमा एक व्यक्तिले फिल्मी शैलीमा खुकुरी चलाएर तीन जनाको हत्या गरेका छन् । बिना कारण खुकुरी लिएर घरबाट निस्केका जिल्लाको मनहरी—७ विजौनाका सुमन बराइलीले ५५ वर्षीय सीताराम धिताल, १६ वर्षीय सुदन धिताल र ६५ वर्षीय जीतबहादुर ब्लोनको हत्या गरेका हुन् । मृतकहरु सुमनका छिमेकी हुन् । जसमा सीताराम र सुदन बाबुछोरा हुन् प्रत्यक्षदर्शीका अनुसार छिमेकका सुमले एकाएक खुकुरी लिएर आएर उनीहरुलाई गर्धनलगायत शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरेका हुन् मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले घरबाट खुडा लिएर निस्केका बराइलीले तीन जनाको हत्या गरेको बताए प्रहरीका अनुसार बराइलीलाई नियन्त्रण लिन गएको प्रहरी टोलीलाई समेत उनले आक्रमणको प्रयास गरेका थिए । पछि उनलाई घेरा हालेर नियन्त्रणमा लिन प्रहरी पसफल भएको थियो प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठीक थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?