ओलीको आक्रोशः कांग्रेसमाथि यस्तो आरोप

काठमाडौँ, २८ कात्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस राष्ट्रहितको पक्षमा नरहेको आरोप लगाएका छन् अध्यक्ष ओलीले कम्युनिष्टहरुले अधिनायकवादी शासन चलाउँछन भनेर काँग्रेसले जनतामा भ्रम छरिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । मंगलबार बामपन्थी गठबन्धनका तर्फबाट काठमाडौंका प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको परिचय कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई लोकतन्त्रको नाममा अलोकतान्त्रिक गतिविधि नगर्न पनि चेतावनी दिए अध्यक्ष ओलीले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारले घोषणा पत्रमा समेत कूटनीतिक मर्यादामा जोड दिएर भारत सामू निरिहता प्रकट गरिरहेको दावी गरे । उनले काँग्रेसको घोषणा पत्रमा राष्ट्रिय हितका कुनै एजेन्डा उल्लेख नभएको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?