शरद गौचनलाई उधारोमा गोली हानेका थिए यी सुटरले, यस्तो छ घटनाको नालीबेली

काठमाडौँ, २८ कात्तिक – नुवाकोट पञ्चकन्याका राजिव स्याङ्ताङको पारिवारिक अवस्था त्यति राम्रो थिएन ।  वेरोजगारले आक्रान्त उनी साथीभाइकै लहैलहैमा  गलत धन्दामा लागे । सोहि क्रमममा उनको भेट  आपराधिक  पृष्ठभूमिका समिरमान बस्नेत लगायतसँग भेट भयो ।   बस्नेत र उनका सहयोगीको  निर्देशन बमोजिम उनी  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि गोली हान्न राजी भए, तर उधारोमा । सोहि निर्देशन बमोजिम  उनले असोज २३ गते  दिउँसै नयाँ वानेश्वरमा  गौचनमाथि गोली हानी हत्या गरे । प्रहरीले हत्या अभियोगमा उनीसहित ५ जनालाई पक्राउ गरेको छ।  उनलाई प्रहरीले सुटर भएको बताएको छ ।  उनको उमेर मात्र २१ वर्षको रहेको छ ।  यद्यपी उनले गोली हान्न लागाए वापत दिने भनिएको रकम नपाएको प्रहरीलाई बयान दिएका छन् ।  रकम नपाएको भनिएपनि कति  लिने सहमति हो भन्नेचाहिँ खुल्न सकेको छैन प्रहरीका अनुसार पक्राउ पर्नेमा  स्याङ्ताङ , पर्सा कालिकामाईका ३५ वर्षीय शिवजी महतो,  भारत बिहारका २४ वर्षीय मुकेश कुमार पाण्डे, पर्साको ठोरीका सन्तोष गुरुङ  र काठमाडौंको नागार्जुनका प्रकाश बुढाथोकी  रहेका छन् ।  प्रहरीका अनुसार महतो र गुरूङ  मोटरसाइकलको व्यवस्था गरेका थिए । यसैगरी मुकेश कुमार पाण्डेले हतियारको व्यवस्थापन गरेका थिए भने प्रकाश बुढाथोकीले घटनामा सहयोगीको भूमिका खेलेका थिए । उनीहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनामा संललग्नता भएका  भनिएका अरु ८ जनाको नाम पनि सार्वजनिक गरेको छ । जसमा समिरमान सिंह बस्नेत ,  मनोज पुन, लोप्साङ ,  बोका भन्ने गंगा लिङ्देन (लिम्बु) श्याम बहादुर गुम्बे,काले दाई भन्ने अम्बर बहादुर राना,  रोशन बुढाथोकी  र  अजय थापा  रहेका छन् ।  प्रहरीका अनुसार बस्नेत  घटनाको योजनाकार हुन् ।  आर्थिक लेनदेनमा कुरा नमिल्दा उनकै निर्देशनमा घटना घटाइएको प्रहरीको भनाई छ मनोज पुन  युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मुछिएका थिए । हाल फरार रहेका उनी भारतमा लुकेर बस्दै आएको प्रहरी बताउँछ । यस्तै लोप्साङले पनि गौचनको हत्यालगत्तै हामीलगायत सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले घटना घटेको दाबी  गरेका थिए गौचन हत्यासम्बन्धी छानबिन गर्न गठित समितिका संयोजक डिआईजी गणेश केसीले एक महिना अगाडी देखि शरद कुमार गौचनलाई निग्रानीमा राखेको  अनुसन्धानबाट खुल्न आएको बताए । उनीहरुले  घटनामा प्रयोग गरेको साइन मोटरसाइकल भारतबाट चोरी गरी ल्याई नेपाली नम्बर प्लेट बा ३५ प २४६१ राखी प्रयोग गरेको  पाइएको छ । शिवजी महतोले भारतको वेतियाबाट१८ हजारमा साइन मोटरसाइकल  खरिद गरी२४ हजारमा  श्याम गुम्बे गुरूङलाई विक्री गरेको  पाइएको केसीले जानकारी दिए । यस्तै शिवजी महतोले भारतको वेतियाबाट ५५ हजारमा हतियार खरिद गरी ६५ हजारमा  श्याम गुम्बे गुरूङलाई विक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ ।  प्रहरीले लामो अनुसन्धानपछि उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो । यो घटनापछि राजधानी असुरक्षित रहेको भनि  निकै आलोचना भएको थियो भने  परिवार र व्यवसायीहरुले लगातार हत्यारालाई पक्राउ गर्न  दवाव दिँदै आएका थिए । योसँगै गौचन हत्याकाण्डमा प्रहरीले केहि हदसम्म अपराधीसम्म पुगेर आफ्नो मिसन पूरा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?