गाैचनकाे हत्यारा सार्वजनिक, नुवाकाेटका स्याङतानले हाने गाेली

काठमाडौँ, २८ कात्तिक – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजीव स्याङतान,सन्तोष गुरुङ, सिर्जे महतो, मुकेश पाण्डे र कैलाश गुरुङ रहेका छन् । पक्राउ परेका मध्ये राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेकाे प्रहरीकाे भनाइर् छ । याे सबै जानकारी अाज प्रहरीले पत्रकार सम्मेलन गरि दिएकाे हाे । गाैचनकाे गत साउन २३ मा वानेश्वरमा हत्या भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?