२०७८,श्रावण,१५,शुक्रवार

संखुवासभामा एमाले र माओवादी केन्द्रका उम्मेदवार सवार गाडीमा बम प्रहार

२०७४,कार्तिक,२८,मंगलवार ०९:३०


खाँदबारी, २८ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा मंगलरबार बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जाने क्रममा बम प्रहार भएको हो । सो बम प्रहारबाट मानवीय क्षति भएको छैन । अहिले सदरमुकाम खाँदबारीमा सुरक्षा समितिको बैठक बसिरहेको छ । अहिलेसम्म सो घटनाको कसैले पनि जिम्मा लिएको छैन बम प्रहार भएको स्थान सदरमुकाम खाँदबारीबाट पश्चिम ४ घण्टाको पैदल दूरीमा पर्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते निर्वाचन हुनेछ । रासस

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०९:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकार गठनको तीन साता पुग्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गत २९

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको

बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेश सांसद सन्तोषकुमार पाण्डेय,

ताजा समाचार

मन्त्री छान्दा मनपरी
 २०७८,श्रावण,१५,शुक्रवार १८:३३
बरामद सुन र पैसामा अनियमितताको आरोप
 २०७८,श्रावण,१५,शुक्रवार १७:१९
नेपालमा कोराना : थप ३ हजार ६ सय ११ जनामा…
 २०७८,श्रावण,१५,शुक्रवार १७:०२
मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट
 २०७८,श्रावण,१५,शुक्रवार १६:११