एसीसी यू–१९ एसिया कप : मलेसियाद्वारा नेपालसामू ४६ रनको लक्ष्य पेश

काठमाडौं, २८ कात्तिक । एसीसी यू–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियाले नेपालसामू जितका लागि ४६ रनको झिनो लक्ष्य पेश गरेको छ टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले ४.३ ओभर बलिङ गर्दै ८ रन दिएर ५ विकेट लिएपछि मलेसियाको इनिङ ध्वस्त भएको थियो सुरुवाती बलिङका लागि आएका कमल सिंह ऐरीले १७ र किशोर महतोले १४ रन दिएपनि अन्य कुनै पनि बलरसामु मलेसियाका ब्याट्सम्यानहरु टिक्न सकेनन् नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सहाब आलमले समान २–२ र अनिल कुमार साहले १ विकेट लिएपछि मलेसिया ४५ रनमा अलआउट भयो मलेसियाका लागि सइद अजिज सइद मुबारकले २० र विरदिप जगजित सिंहले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानहरुले दोहोरो अंकको स्कोर गर्न सकेनन् । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा फराकिलो अन्तरको जितसँगै भारतको नतिजा समेत पर्खिनुपर्नेछ । आजै भइरहेको अर्को खेलमा बंगलादेशले भारतलाई हराएको खण्डमा भने नेपाल सोझै सेमिफाइनलमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?