प्रहरीलाई महत्वपूर्ण सफलता, गौचन हत्यारा पक्राउ

काठमाडौं, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ गत असोज २३ गते गौचनको वानेश्वमार दिननदहाडै गोली प्रहार गरी हत्या भएको थियो गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक रहेका महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले यसबारे थप जानकारी दिन नेपाल पुलिस क्लबमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?