प्रहरीलाई महत्वपूर्ण सफलता, गौचन हत्यारा पक्राउ

काठमाडौं, २८ कात्तिक । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ गत असोज २३ गते गौचनको वानेश्वमार दिननदहाडै गोली प्रहार गरी हत्या भएको थियो गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक रहेका महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले यसबारे थप जानकारी दिन नेपाल पुलिस क्लबमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ हार्दिक निमन्त्रणामहानगरीय प्रहरी कार्यालयका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक जय बहादुर चन्दद्धारा मिति २०७४/०७/२८ गते दिउँसो १५:०० बजे नेपाल पुलिस क्लव भृकुटीमण्डपमा बिशेष पत्रकार सम्मेलन आयोजना हुने गईरहेको हुदाँ यहाँहरूको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ महानगरीय प्रहरी कार्यालय,समाचार कक्ष रानीपोखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?