बुढीकालीगण्डकी आयोजनाको यथासम्भव छिटो सम्पन्न गर्छौं : थापा

काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले सोमबारको मन्त्रिपरिषद बैठकबाट खारेज गरिएको बुढीगण्डकी जलविद्युत परियोजना छिटोभन्दा छिटो सम्पन्न गर्ने बताएका छन् सरकारले सोमबारमात्रै चिनियाँ कम्पनी गेजुवा ग्रुपसँगको सम्झौता रद्द गरेपछि आयोजना निर्माण हुनेमा आशंका व्यक्त भइरहँदा मन्त्री थापाले आयोजना जतिसक्दो चाँडो निर्माण गर्ने बताएका हुन् पुष्पकमल दाहाल प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री भएका समयमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ सम्पनीसँग सम्झौता भएको थियो बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णयमा पुगेको मन्त्रिपरिषदको सोही बैठकले अरुण तेस्रो निर्माणको सम्झौता गरेको सतलज र माथिल्लो कर्णालीमा लगानी जुटाउन जीएमआर कम्पनीलाई भने म्याद थप गरेको थियो सरकारले सोमबार सो सम्झौता खारेज गरेपछि आयोजना निर्माण हुनेमा अन्यौलता उत्पन्न भएका बेला ऊर्जामन्त्री थापाले मंगलबार ट्विट गर्दै भनेका छन्, ‘ संसदीय समितिको निर्देशन अनुसार बुढिगण्डकी जलविद्युत आयोजना सम्बन्धि विवादास्पद सम्झौता खारेज भएको छ । केही दिन भित्रमा नै राष्ट्रिय गौरवको यो आयोजना यथसम्भव चाँडो निर्माण सम्पन्न गर्नेगरि नीति, कार्यविधि र योजना सार्वजनिक गरिने छ ।’विज्ञहरुले भने यसरी एउटा सरकारले आयोजना निर्माणको सम्झौता गर्ने र अर्को सरकारले खोस्दै जाँदा निर्माणकर्ता कम्पनी र लगानीकर्तामा नकारात्मक छाप पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?