सुरेन्द्र, माधव र झलनाथको साथ बिक्रम पाण्डेलाई, प्रचण्ड पुगे ओलीको शरणमा

काठमाडौं- नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणको कुरा चलिरहँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने त्यसका विरुद्ध सक्रिय भएका छन् । उनीहरूले पार्टी एकीकरण हुन नदिने र प्रच्ण्डसहितका केही नेताहरूलाई जसरी पनि हराउने योजनामा नेपाल–खनाल समूह सक्रिय भएको छ नेता नेपाल र खनालले चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल ‘प्रचण्ड’लाई हराउन सक्रिय भएको खुलासा भएको हो । एमालेका नेता सुरेन्द्र पाण्डेको सक्रियतामा माधव नेपाल र झलनाथ खनालले राप्रपा (प्रजातान्त्रिक) नेता एवम् प्रचण्डका प्रतिस्पर्धी बिक्रम पाण्डेसँग गोप्य रुपमा कुराकानी भएको स्रोतले जनाएको छ बिक्रम पाण्डे र सुरेन्द्र पाण्डेबीच प्रचण्डलाई हराउने सहमति भएको स्रोतको दाबी छ । ‘प्रचण्डले जिते भने पनि पार्टी एकीकरण हुने होइन । बरु अहिले नै प्रचण्डलाई निर्वाचनमा सिध्याइदिने हो भने एमालेलाई पछि सहज हुन्छ, प्रचण्ड एमालेमा आए भने एमालेका नेता तथा कार्यकर्ता सिद्धिन्छन्, राजनीतिक सक्किन्छ’, स्रोतले भन्यो, ‘त्यसका लागि सुरेन्द्र पाण्डे, बिक्रम पाण्डे, माधवकुमार नेपाल र झलनाथ खनालवीच सम्वादहरू भएका छन् । उहाँहरू टेलिफोन सम्पर्कमा हुनुहुन्छ । पत्यक्ष भेट्दा अर्को सन्देश जान्छ । एमालेलाई बचाउनका लागि पनि माओवादी केन्द्रका उम्मेदवारहरूलाई मतदान गर्न सबै एमालेका कार्यकर्तासँग आग्रह गर्ने सहमति भएको छ ।’सुरेन्द्र पाण्डे झलनाथ खनालका साढु भाई हुन् । केपी ओली समूहबाट पेलानमा पर्दै आएका सुरेन्द्र पाण्डेलाई हराउन पनि एमालेभित्रै समूह लागेको छ । आफूलाई हराउन प्रचण्ड र केपी ओली समूह लागेपछि सुरेन्द्र पाण्डेले पनि प्रचण्डलाई पाठ सिकाउन बिक्रमसँग निकटता बनाएको स्रोतको भनाइ छ सुरेन्द्र पाण्डेको सक्रियतामा माधवकुमार नेपाल र झलनाथ खनालले आफूलाई हराएर बिक्रम पाण्डेलाई जिताउने षड्यन्त्र गरेको चालपाएपछि प्रचण्डले केपी ओलीसँग गुनासो गरेको स्रोतले जनाएको छ । ओलीले सुरेन्द्र पाण्डेलाई आफूले सम्झाउने आश्वासन दिएका छन् । प्रचण्डलाई हराउने ठूलो षड्यन्त्र एमालेकै नेपाल र खनाल समूहले बनाएको थाहा पाएपछि माधवकुमार नेपालसँग कुरा गर्न केपी ओली मंगलबार काठमाडौं आउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?