एमाले नेता शेरधन राईलाई लक्षित गरी बम प्रहार, अंगरक्षक घाइते

भोजपुर, २८ कात्तिक । नेकपा एमालेका नेता तथा भोजपुरबाट प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित अज्ञात समूहले बम आक्रमण गरेको छ बम आक्रमणबाट उनका अंगरक्षक घाइते भएका छन् । भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै राईसहित नेता कार्यकर्ता चडेको गाडीलाई लक्षित गरी आक्रमण भएको हो पूर्व सञ्चारमन्त्री समेत रहेका राईलाई लक्षित गरी सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटा सामान्य घाइते भएका छन् उम्मेदवार राईसँगै रहेका अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ । बम कसले र किन हान्यो भन्ने पुष्टि भएको छैन । प्रहरीले सो घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ यसअघि रुकुम र रोल्पामा माओवादी केन्द्रका उम्मेदवारहरु जनार्दन शर्मा र बर्षमान पुन चडेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको थियो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?