चार पटकको विजेता इटाली ६० वर्षपछि विश्वकमा छनोट हुन असफल

काठमाडौं, २८ कात्तिक । चार पटकको विश्वकप विजेता इटाली ६० वर्षपछि विश्वकपमा छनोट हुन असफल भएको छ प्लेअफको दोस्रो लेगको खेलमा गएराति आफ्नै घरेलु मैदानमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप सपना यो पटकलाई अधुरै रहेको हो चार पटक विश्वकपको उपाधी उचालिसकेको इटालीले पछिल्लो पटक सन् २००६ मा जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सलाई हराउँदै विश्वकपको उपाधी जितेको थियो पहिलो लेगको खेलमा इटाली स्वीडेनसँग १–० ले पराजित भएको थियो । युरोपेली छनौटको समूह चरणमा स्पेनसँगै परेको इटाली दोस्रो हुँदै प्लेअफका लागि छानिएको थियो तर प्ले अफ्मा स्विडेनसँग पराजित भएपछि इटाली सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट हुन असफल भयो । विश्वकप छनोटका खेलसँगै इटालीका भेट्रान्स गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?