वाम गठबन्धनको चन्दा आतंक व्यापारीहरूको भागाभाग (प्रमाणसहित)

नेपालगञ्ज । निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले नेपालगञ्जका व्यापारीसँग ‘जबरजस्ती’ चन्दा असुल्न सुरु गरेको प्रमाण फेला परेको छ वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो निर्वाचन आयोगको आचारसंहिता तेस्रो संशोधन–२०७४ अनुसार उम्मेदवारले कसैसँग पनि करकापमा चन्दा असुल्न पाइँदैन । यदी कसैले स्वेछिक रुपमा पाँच हजार भन्दाबढी चन्दा दिन चाहेमा बैंकिङ प्रणालीमार्फत अनिवार्य रुपले गर्नुपर्छ आयोगको आचारसंहिता विपरित वाम गठबन्धनले नेपालगञ्जका प्रत्येक व्यापारीसँग लाखौं रुपैयाँ चन्दा मागेको पीडित व्यापारीको दुखेसो छ वाम गठबन्धनका आर्थिक कमिटी संयोजक एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपती र सह–संयोजक ललितकुमार रौनियारको संयुक्त हस्ताक्षर सहितको पत्र बाहिरिएको छ एक व्यापारीले भने, ‘चन्दा दिनुस् भनेर वाम गठबन्धनको एउटा टोली चिठ्ठी छाडेर गएको छ, चन्दा दिएपनि नदिएपनि चुनावपछि मूल्यांकन गर्ने भनेर घुमाउरो भाषामा ‘थ्रेट’ दिए, यो त एक खालको आतंक नै हो ।’आफूसँग उनीहरूले ३० देखि ५० हजार रुपैयाँ सहयोगको अपेक्षा गरेको र त्यति धेरै रकम दिनसक्ने अवस्था नरहेको पीडित व्यापारीले बताएका छन् केहीदिनदेखि चन्दा संकलनमा सक्रिय रहेको वाम गठबन्धनले काटेका पत्र नेपालगञ्जका अधिकांस व्यापारीको हातमा परेको छ । चन्दा आतंकले व्यापारी त्रसित भईरहेका छन् । थरी–थरीका राजनीतिक दलले चन्दा माग्ने डरले उनीहरू तनावमा छन् दवावमा परेका अधिकांश व्यापारीले गुपचुप रुपमा चन्दा बुझाइसकेका छन । कतिपयले चन्दा दिन नसक्ने अडान राखिरहेका छन् एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले निर्वाचन परिचालनका लागि आर्थिक कमिटी बनाइएको बताए । राजनीतिक दल र तिनीहरूका भाृत संगठनको चुनाव आउँदा व्यापारी झस्किन्छन् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रतिनिधी सभा र प्रदेश सभा चुनावका लागि आफ्नो पार्टीले कसैसँग पनि अहिलेसम्म सहयोग नमागेको बताइन् मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जबरजस्ती चन्दा माग्नु आचार संहिता विपरितको कार्य भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?