२०७८,श्रावण,१८,सोमवार

चार पटकको विजेता इटाली ६० वर्षपछि विश्वकमा छनोट हुन असफल

२०७४,कार्तिक,२८,मंगलवार ०४:५०


काठमाडौं, २८ कात्तिक । चार पटकको विश्वकप विजेता इटाली ६० वर्षपछि विश्वकपमा छनोट हुन असफल भएको छ प्लेअफको दोस्रो लेगको खेलमा गएराति आफ्नै घरेलु मैदानमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप सपना यो पटकलाई अधुरै रहेको हो चार पटक विश्वकपको उपाधी उचालिसकेको इटालीले पछिल्लो पटक सन् २००६ मा जिनेदिन जिदानको कप्तानीमा रहेको फ्रान्सलाई हराउँदै विश्वकपको उपाधी जितेको थियो पहिलो लेगको खेलमा इटाली स्वीडेनसँग १–० ले पराजित भएको थियो । युरोपेली छनौटको समूह चरणमा स्पेनसँगै परेको इटाली दोस्रो हुँदै प्लेअफका लागि छानिएको थियो तर प्ले अफ्मा स्विडेनसँग पराजित भएपछि इटाली सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट हुन असफल भयो । विश्वकप छनोटका खेलसँगै इटालीका भेट्रान्स गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर तथा ग्लोबल आइकन सन्दीप लामिछानेले चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’मा काठमाडौं किङ्स-११

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी माग्दै फेसबुकमा नयाँ स्ट्याटस लेखेका छन्। गत महिना उनले दिएको

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का किरण राईले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।प्रवक्ता राईले सोमबार एन्फा अध्यक्ष

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तान र घरेलु टोलीबीचको तेस्रो टी-ट्वेन्टी खेल वर्षाका कारण रद्द भएको छ। गुयानास्थित प्रोभिडेन्स स्टेडियममा

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९