प्रहरीमा फेरी ४ एआईजीको दरबन्दी थपियो

काठमाडौँ, २८ कात्तिक- नेपाल प्रहरीका चार डिआइजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो  डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो । उनीहरू सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । तीन महिनाअघि नै सरकारले दुई वटा एआइजीको दरबन्दी सिर्जना गरेको थियो । तर, प्रतिस्पर्धी धेरै भएपछि फेरि दुईवटा दरबन्दी थपिएको हो योसँगै नेपाल प्रहरीमा अब एआइजीको संख्या १६ पुगेको छ, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?