ओलीले भने— कति सिट आउँछ भने नसोध्नुस्

झापा, २८ कात्तिक— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने बताएका छन् झापामा सोमबार आयोजित एक कार्यक्रममा उनले मंसिरपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै यसप्रति कसैलाई शंका नगर्न समेत आग्रह गरे पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वाम गठबन्धनको बहुमत आउँछ त भनेर कसैले प्रश्न सोध्दा आफूलाई आश्चर्य लाग्ने समेत बताए । उनले भने,‘किन बहमुत नआउनु ? एकदम आरामदायाी बहुमत आउँछ, हाम्रो सरकार बन्छ, कति सिट जित्छ भनेर प्रश्न नगर्नुहोस्, फेरि अरुको निद्रा निद्रा हराम हुन्छ, यस्तो किन गर्नु ?’उनले चुनावपछि नेपाली कांग्रेस पनि सरकारमा सामेल हुन सक्नेतर्फ संकेत गरे । उनले भने,‘म उहाँहरुलई आग्रह गर्न चाहन्छु, मिलेर गरिबी हटाउँ, हामी यस्ता कुराहरुमा सहमति गरेर अघि बढौं, अब कांग्रेस प्रतिपक्षमा बसिरहन जरुरी छैन, मेरो आग्रह छ, तपाईहरुपनि सरकारमा आउनुहोस्, मिलेर देश विकास गरौं।’उनले चुनावमा एमाले–माओवादी केन्द्रको गठबन्धनले आरामदायी बहुमत ल्याउने दाबी गरे । ओलीले थपे,‘अबको निर्वाचनमा हाम्रो गठबन्धनले बहुमत मात्रै होईन, सरकार बनाउनेगरिको सम्मानजनक बहुमत ल्याउँछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?