२०७८,श्रावण,१७,आईतवार

ओलीले भने— कति सिट आउँछ भने नसोध्नुस्

२०७४,कार्तिक,२८,मंगलवार ०२:४८


झापा, २८ कात्तिक— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने बताएका छन् झापामा सोमबार आयोजित एक कार्यक्रममा उनले मंसिरपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै यसप्रति कसैलाई शंका नगर्न समेत आग्रह गरे पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वाम गठबन्धनको बहुमत आउँछ त भनेर कसैले प्रश्न सोध्दा आफूलाई आश्चर्य लाग्ने समेत बताए । उनले भने,‘किन बहमुत नआउनु ? एकदम आरामदायाी बहुमत आउँछ, हाम्रो सरकार बन्छ, कति सिट जित्छ भनेर प्रश्न नगर्नुहोस्, फेरि अरुको निद्रा निद्रा हराम हुन्छ, यस्तो किन गर्नु ?’उनले चुनावपछि नेपाली कांग्रेस पनि सरकारमा सामेल हुन सक्नेतर्फ संकेत गरे । उनले भने,‘म उहाँहरुलई आग्रह गर्न चाहन्छु, मिलेर गरिबी हटाउँ, हामी यस्ता कुराहरुमा सहमति गरेर अघि बढौं, अब कांग्रेस प्रतिपक्षमा बसिरहन जरुरी छैन, मेरो आग्रह छ, तपाईहरुपनि सरकारमा आउनुहोस्, मिलेर देश विकास गरौं।’उनले चुनावमा एमाले–माओवादी केन्द्रको गठबन्धनले आरामदायी बहुमत ल्याउने दाबी गरे । ओलीले थपे,‘अबको निर्वाचनमा हाम्रो गठबन्धनले बहुमत मात्रै होईन, सरकार बनाउनेगरिको सम्मानजनक बहुमत ल्याउँछ।’

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०२:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

काठमाडौं । पार्टी एकताको प्रयासको लागि भन्दै शनिवार स्थगित भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट

ताजा समाचार

काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३