प्रधानमन्त्री देउवा अरु ५ पूर्वप्रधानमन्त्रीको चुनावी अवस्था कस्तो ?

काठमाडौँ, २८ कात्तिक – आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् । निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन् । यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेन्जर जोन’ भने मिश्रित छ – प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । देउवासँग वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र)का उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा छन् । भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए । दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो, गोरखापत्रमा खबर छ तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आकलन गरिँदै छ । यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो । अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल काँग्रेसभन्दा आठ हजार मतले अघि छन् अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा योपटक ‘डेन्जर जोन’मा देखिन्छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौँ–२ बाट प्रतिस्पर्धामा छन । नेता नेपालको मुख्य प्रतिस्पर्धी काँग्रेसका दीपक कुइँकेल छन् स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन् । काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् पूर्वप्रधानमन्त्री झलनाथ खनाल वि.सं. २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित भए । योपटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । खनालका मुख्य प्रतिस्पर्धी काँग्रेसका भूपेन्द्र कट्टेल छन् । यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ । प्रपूर्वप्रधानमन्त्री केपी शर्मा ओली तुलनात्मक रूपमा सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन् । ओलीका मुख्य प्रतिस्पर्धीमा काँग्रेसका डा. खगेन्द्र अधिकारी छन् । झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी छन् जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ । काँग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा काँग्रेसकै समर्थनमा उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक)का विक्रम पाण्डे प्रचण्डका लागि चुनौती छन् एमालेको सहयोगमा उम्मेदवार बनेका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेन्जर जोन’का रूपमा हेरिएको छ शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा. बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए । गोर्खाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बने । दोस्रो संविधानसभा निर्वाचनमा उनले दुई क्षेत्र रोजे । रूपन्देही–४ का मतदाताले पराजित गर्दा उनी गोरखाबाट पुनः बहुमत मतका साथ विजयी भए अहिले उनी नयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा छन् । भट्टराईको प्रतिस्पर्धीमा उनकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ छन् भट्टराईका लागि श्रेष्ठ कडा चुनौती छन् । एमालेको सहयोगमा उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि छन् । भट्टराईलाई काँग्रेसको बलियो साथ छ । पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?