२०७८,श्रावण,८,शुक्रवार

बिदेसिएका युवाको प्रश्न , तपाईंले जितेपछि हामी खाडी जानुपर्दैन ?

२०७४,कार्तिक,२८,मंगलवार ०२:१०


काठमाडौं, २८ कात्तिक-चितवन–३ निर्वाचन क्षेत्र मंगलपुरका दिनेश चौधरी आइतबार झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए । उनी कतार एयरवेजको बिहान ११ः४० बजेको उडानबाट वैदेशिक रोजगारीका लागि दोहातर्फ हानिएका हुन् विगत तीन वर्ष कतारमा काम गरी दसैं–तिहार र छठ पर्वका लागि घर बिदामा आएर पुनः विमानस्थलबाट फर्किंदै गरेका चौधरी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रका मतदाता हुन् आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिए पनि उनलाई निर्वाचन रौनकले छोएन । मुलुक निर्वाचनमय भएर विभिन्न दलका नेता कार्यकर्ताहरू आकर्षक चुनावी नारा लिएर भोट माग्न घर आँगनमा पुग्न थालेको उनलाई थाहा छ । तर निर्वाचनमा मताधिकारभन्दा उनको रोजीरोटी प्राथमिकतामा प¥यो । ‘चुनावी माहोलमा दुई दिन भुलिएर के गर्नु ? परिवार पाल्नै प¥यो, मत दिएर जिताएका नेताले विगतमा केही गरिदिएको भए चुनावको मुखैमा म किन बिदेसिनु पथ्र्यो र ?’ उनको दुखेसो छ  विमानस्थलबाट वैदेशिक रोजगारीका लागि पहिलोपटक कतार जाँदै गरेका रसुवाका नवराज न्यौपाने पनि निर्वाचनभन्दा आफ्नो दैनिक घर खर्च चलाउने पैसा कमाउने विषय प्राथमिकतामा रहेको बताउँछन् उनले आफ्नै गाउँका नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका मोहन आचार्यलाई सहयोग गर्न छिमेकीले दबाब दिँदादिँदै पनि आगामी तीन वर्षका लागि कतार जान लागेको बताए यहाँ बसेर अनेक दुःख गर्दा पनि परिवार पाल्न मुस्किल भएपछि बाध्य भएर वैदेशिक रोजगारीमा हिँडेको उनको भनाइ छ घरेलु कामदारका रूपमा दुबई जाने क्रममा त्रिभुवन विमानस्थलमा भेटिएका ताप्लेजुङका आशिष राई पनि निर्वाचनभन्दा परिवार पाल्ने विषय प्रमुख रहेको भन्दै बिदेसिए । विमानस्थल मूल गेटबाट बिदा हँुदै गर्दा उनलाई बिदाइ गर्न आएका परिवारसामु उनी भन्दै थिए, ‘म त हिँडे गाउँमा गएर तपाईंहरूले उम्मेदवार भेट्नुभयो भने सोध्नुहोला, तपाईंलाई मत दिएर जिताएपछि हामीजस्ता युवाले परिवार पाल्न खाडी राष्ट्र धाउने दिन जान्छन् त ?’आइतबार अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेका चौधरी, न्यौपाने र राई केवल प्रतिनिधि पात्र मात्र हुन् । निर्वाचनको मुखैमा वैदेशिक रोगजारीका लागि खाडीलगायतका मुलुक जानेको लर्को विमानस्थलमा निकै लामो हुन थालेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार निर्वाचनको मिति नजिकिएसँगै दैनिक सरदर करिब १ हजार ६ सय जना कामदार वैदेशिक रोजगारीका लागि बाहिरिरहेका छन्, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०२:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६