२०७८,श्रावण,११,सोमवार

पार्टी एकीकरणले चम्कियो गच्छदारको भाग्य

२०७४,कार्तिक,२८,मंगलवार ०१:३४


काठमाडौँ, २८ कात्तिक- लगातार २६ वर्षदेखि जित्दै आएका कांग्रेस नेता विजयकुमार गच्छदार ‘सगर्व’ भन्छन्, ‘मैले हजारौं व्यक्तिलाई सरकारी जागिर लगाइदिएको छु, मेरो निर्वाचन क्षेत्रमा धेरै विकास गरेको छु । मैले २५ वर्ष जनताको सेवामा बिताएको छु । त्यसैले मलाई मतदाताले माया गर्नुहुन्छ ।’२०४८ देखि हरेक निर्वाचनमा विजयी गच्छदार सातौं पटक निर्वाचनमा प्रतिस्पर्धामा छन् । उनले आफ्ना क्षेत्रमा व्यापक विकासका काम गरेकाले कसैले पराजित गर्न नसक्ने दाबी गरे । वाम गठबन्धनबाट एमाले उम्मेदवार भगवती चौधरी दोस्रोपटक गच्छदारसँग प्रतिस्पर्धा गर्दै छिन् । उनी लघुवित्त संस्था सञ्चालक पनि हुन् । उनको लघुवित्तको जालो गाउँगाउँ फैलिएको छ २०७० को निर्वाचनमा ३ सय ६२ सय मतान्तरले विजयी भएका गच्छदारले यसपटक अझ सहज महसुस गरेका छन् । निर्वाचनका मुखमा कांग्रेससँग पार्टी एकता गरेकाले यो निर्वाचनमा सजिलो भएको बताए । ‘पार्टी एकता भएपछि अझ सजिलो भएको छ,’ उनले भने, ‘उहाँ (चौधरी) ठूलै पार्टीका उम्मेदवार भएकाले प्रतिस्पर्धा हुन्छ ।’चौधरीले मतदाता गच्छदारविरुद्ध रहेको जिकिरसहित यसपालि आफूले जित्ने दाबी गरिन्,कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०१:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

एमाले विभाजन हुँदैन : रघुवीर महासेठ
 २०७८,श्रावण,११,सोमवार २०:५२