अस्पतालको बेडबाटै दुई शिशु साटिएपछि

वीरगन्ज, २८ कात्तिक- प्रदेश नम्बर २ को सबै भन्दा ठूलो सरकारी अस्पताल हो वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल। जहाँ पर्सा, बारा , रौतहट , सर्लाही र महोत्तरी सम्मका बिरामीहरु उपचारका लागि आउछन्। तर यही अस्पतालमा दुई दिनमा दुई जना नवजात शिशु साटिएको खबरले अस्पतालमा खैलाबैला मच्चिएको छनारायणी उपक्षेत्रीय अस्पतालमा गत शनिवार र आइतवार गरि दुई दिनमा दुई जना नवजातशिशुसाटिएको आरोप लागेपछि अस्पतालका स्वास्थ्यकर्मीहरु मानसीक तनावमा छन् भने प्रसूति गराउन अस्पतालमा पुगेका महिला र उनीहरुका अभिभावक पनि शंसयमा परेका छन्सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ११ घर भई हाल वीरगन्जको प्रगतिनगरमा बस्दै आएका राममनोज प्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहालाई प्रसूतिका लागि गत शनिवार बिहान आठ बजेतिर अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियोभर्ना गरेको करिब डेढ घण्टामै अर्थात बिहान साढे नौ बजे तिर कामीनी देवीले शीशुलाई जन्म दिइन्। प्रस्तुति वार्डमा कार्यरत नर्सहरुले छोरा जन्मिएको खबर सुनाए लगत्तै खुशीले रमाएका राममनोज पसलबाट मिठाइ किनेर ल्याए र आफना आफन्त र नर्सहरुलाई बाँडेर खुवाए।तर मिठाइ बाडेको केहि क्षण बित्न नपाउदै नर्सहरुले जन्मिएकोशिशुछोरा नभइ छोरी भएको जानकारी गराएप्छि राममनोजको सारा खुशी पलभरमै एकाएक गायब भयोशनिवारशिशुसाटिएको घटना सेलाउन नपाउदै आइतवार फेरि त्यहि अस्पतालमा अर्को नवजातशिशुसाटिएको घटना सार्वजनिक भएको छ।वीरगन्ज १ बजार छपकैया निवासी अनिल पासवानकी पत्नि उषा देवीले आइतवार साँझ जन्म दिएकीशिशुअस्पतालका नर्सहरुले साटेको आरोप लागेको छ, अन्नपूर्णले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?