२०७८,श्रावण,११,सोमवार

आईजीपी अर्यालको आक्रोश: ईन्स्पेक्टरले आर्इजी फेर्ने कुरा गर्ने?

२०७४,कार्तिक,२८,मंगलवार ०१:१२


काठमाडौं, २८ कात्तिक- प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले आफूलाई फेर्न लागेको हल्लाको पछाडी नलाग्न मातहतलाई निर्देशन दिएका छन्सोमबार बिहान प्रहरी मुख्यालयमा निर्वाचन सुरक्षा ‘ब्रिफिङ’ का लागि भनेर बोलाईएको मिटिङमा उपत्यकाका प्रहरी निरीक्षक कमाण्डर हुने कार्यालयदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बस्ने सबै कार्यालयका प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्‘चुनाव आईरहेको छ। तपार्इहरु आईजीपी फेर्ने ध्याउन्नमा लागिरहनुभएको छ। आइजीपी फेर्ने काम तपाइँहरुको हो र? प्रहरी निरीक्षकसम्मका दर्जा आईजीपी फेरिन्छ भन्दै हिंडेको सुनेको छु। कारवाहीका लागि तयार रहनुस्,’ अर्यालको भनाई उदृत गर्दै वैठकमा सहभागी एक प्रहरी अधिकृतले भने,‘ सुपर हिरोईज्मका लागि सामाजिक सञ्जालमा आईजीपी फेर्ने समाचार प्रकाशन गर्न लगाएर के गरेको? कसैले कसैलाई बनाउने होइन।’अर्यालले प्रहरी नियमावली २०७१ ले सबै तहका प्रहरी कर्मचारीलाई कारवाही गर्न सक्ने अधिकार दिएको भन्दै ‘कुरा भन्दा काममा लाग्न’ सुझाएका थिए । चुनावको मुखमा जिल्ला बाहिर मात्रै घटना भएको भनेर चुप लागेर नबस्न अर्यालले प्रहरी अधिकृतहरुलाई सजक रहन निर्देशन दिएका थिए, अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२८,मंगलवार ०१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४